काठमाण्डौं भाद्र २१ गते । गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।

राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताउनुभयो ।

यसैबीच  बिहान ५ः३०  बजेको मापन अनुसार उपत्यकामा १०५ मिलिमिटर पानी परेको र अहिले ८:४५ मिनेटअघि गरेको मापनमा १२१.५ मिलिमिटर पानी परेको माैसम पूर्वानुमान महाशाखाका सहायक मौसमबिद् सुरेश ताम्राकारले बताउनुभएको छ ! 

-गोरखापत्र