काठमाडौंको सिनामंगलमा एघार जना अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नागरिकहरु २५/२६ दिनदेखि सिनामंगलमा रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार “ अहिले उहाँहरुलाई सिनामंगलमै राखेर अनुसन्धान भइरहेको छ ।” अनुसन्धानपछि मात्रै अधिकारिक कुरा भन्न मिल्ने प्रवक्ता महतोले बताउनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरु भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उहाँले बताउनुभयो । उहाँहरुलाई अध्यागमन विभागमा बुझाउने तयारी भएको ब्युरोले जनाएको छ l