बूढानीलकण्ठ नगरपालिका वडा नं ०३ मुहानपोखरी चौतारा स्थित अनधिकृत रुपमा सञ्चालन भईरहेको रेस्टुरेन्ट नगरपालिकाले हटाइएको छ ।

नगरपालिाकको हेलो बूढानीलकण्ठ कक्षको कल सेन्टरमा मुहानपोखरी चौताराको महादेव मन्दिर नजिकै महादेव खोलामै पाल र कुर्सि-मेचहरु राखि रेस्टुरेन्ट सञ्चालन भईरहेको उजुरी प्राप्त भएलगत्तै वडा नं ०३ सदस्य बिकास लामा र नगर प्रहरी कमाण्डर रमेश खतिवडा सहित नगर प्रहरीको टोलिले उक्त क्षेत्र खालि गरेका हुन् ।

सार्वजनिक खोला (महादेव खोला) व्यक्तिगत अथवा व्यवसायिक प्रायोजनका लागि प्रयोग गर्न नमिल्ने कानुनी प्रावधान अनुसार नगर प्रहरी परिचालन गरी उक्त क्षेत्र खालि गरिएको प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले जानकारी दिनुभएको छ।

खोला-नाला तथा सार्वजनिक सम्पत्ति अतिक्रमण विरुद्ध नगरपालिकाले कडाईका साथ कारबाहि गर्दै आएको छ, लामिछानेले जोड्नुभयो “हाम्रा सार्वजनिक तथा सांस्कृतिक मुल्य मान्यताहरुमा ठेस पुग्ने हुँदा यस्ता कार्यहरु नगरीदिनुहुन सबैमा अनुरोध गरेका छौँ” ।