काठमाण्डौ महानगरपालिका भित्रका संस्थागत विद्यालयहरुमा विद्यार्थीबाट उठाइने शुल्कमा एकरुपता नभएको काठमाण्डौ महानगरपालिकाले जनाएको ।

अनुगमनका क्रममा मासिक शुल्क, खाना तथा खाजा शुल्क, ट्यूसन शुल्क, बस शुल्क र परीक्षा शुल्क जस्ता केही उस्तै शीर्षकमा पनि फरक पाइएको छ ।

त्यसैगरी अन्य अतिरिक्त क्रियाकलाप अन्तर्गत बाँसुरी, स्वीमिङ, मार्सल आर्ट, योगा जस्ता शीर्षकमा पनि चर्को शुल्क लिँदै आएको पाइएको छ ।

विद्यालय स्तरमा के राख्‍ने के नराख्‍ने भन्ने स्पष्ट कानुनी व्यवस्था भैनसकेकोले पनि शुल्कमा एकरुपता हुन नसकेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

विद्यालय शिक्षाको एउटा सरोकारको पक्षका रुपमा रहँदै आएको अभिभावक महासंघले भने नीजि विद्यालयहरुले शिक्षाको नाममा व्यापार गरिरहेको बताएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेर नाफाकै लागी विद्यालय खोलेकोले शिक्षा नियमावली विपरित स्टेशनरी खर्च र ऐच्छिक विषयलाइ पनि अनिवार्य विषय कै रुपमा लिई शुल्क असुलेको आरोप लाग्दै आएको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका अनुसार विद्यार्थीबाट लिइएको शुल्कको ६० प्रतिशत शिक्षक तथा कर्मचारीको तलबभत्तामा खर्च गर्नुपर्छ ।

तर संस्थागत विद्यालयहरुले भने शिक्षक कर्मचारीलाई थोरै पारिश्रमिक दिने र आम्दानीको ठूलो हिस्सा संस्थागत विकासमा खर्च गर्ने गरेको पाइएको छ ।-