महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम दिउँसो २ः२० बजेसम्म सुरु हुन सकेको छैन।

अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यौलमा रहेका छ्न्। महाधिवेशन प्रतिनिधि परिचयपत्र देखाउँदै हलमा प्रवेश गर्ने र बाहिर आउने खाना खानेगरी समय बिताइरहेका छ्न् । पार्टीका प्रवक्ता मनिष झाले केही जिल्ला, मधेश प्रदेश पालिकाको अधिवेशन अन्तिम समयमा भएको केहीको अधिवेशन नभएर तदर्थ समितिमार्फत आएको विभिन्न कारणले प्रतिनिधिको सङ्ख्या रुजु गर्ने र थप गर्ने कार्य भइराखेकाले बन्दसत्र सुरु नभएको बताउनुभयो । 

कतिपय सङ्घीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उहाँले पनि दाबी विरोधको फाराम भरेका छन्। त्यसमा अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिमसूची सार्वजनिक गरिने तयारी छ । महाधिवेशनको कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्र निर्धारित समयभन्दा केही घण्टा ढिला हुने जानकारी दिनुभयो।