रसुवा बाढीबाट सोमबार साँझ ६ बजेसम्म एक हजार ३६५ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवाबाट १६९, नुवाकोट १९७, धादिङ ७०, गोरखा ७५, तनहुँ ३८, चितवन ३६३, नवलपरासी पूर्व २२३ र नवलपरासी पश्चिमबाट २२१ शव भेटिएका हुन् । हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या ९८ पुगेको छ ।    बाढीका कारण हालसम्म करिब ४ हजार ९९४ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरिएकाको संख्या १३ हजार ३९६ पुगेको प्राधिकरणले जनाएको छ ।