निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै स्थानीय तहको निर्वाचन गर्न सहमत सत्ता गठबन्धनका तीन दलले स्थानीय तह भन्दाअघि संघीय संसदको निर्वाचन गर्न प्रस्ताव राखेका छन्। यो सँगै यदि गठबन्धनले चाहेमा जनताको नजिकको सरकार स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने सम्भावना बढेको छ। 

समितिका एक नेताका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। 

बैठकले पहिला स्थानीय तहको निर्वाचन गर्ने वा प्रदेश र प्रतिनिधि सभाकाे चुनाव गर्ने भन्ने निर्णय गर्नेछ। 

यसअघि निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै स्थानीय तहको निर्वाचन गर्न सहमत सत्ता गठबन्धनका एका एक संघीय संसदको निर्वाचन गर्न प्रस्ताव राखेका छन्

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संघीय संसदको निर्वाचन गरेर मात्रै स्थानीय तहको गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

स्थानीय तह निर्वाचन मिति तोक्न आयोगले दिएको समयसीमा सकिन लाग्दै गर्दा सत्ता गठबन्धनका तीन दलबाट उक्त प्रस्ताव आएको हो।