काठमाडौं– स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता तोकिएको समयमा सकिएन ।निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन समय दिए पनि अधिकांश स्थानमा मनोनयन भइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको थियो ।निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोनयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।देशभरका ७५३ स्थानीय तहमा आगामी वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ ।