नेकपा (एमाले) काठमाडौँले स्थानीय तहको निर्वाचन समिक्षाका लागि १३८ वटै वडामा प्रतिनिधि पठाउने भएको छ।

जेष्ठ १७ गते भएको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको पदाधिकारी  बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन समिक्षाकाका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाउने निर्णय गरेको हो

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज  कृष्ण गोपाल श्रेष्ठ ,सह-इन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, बागमती  प्रदेश उप सचिब रत्ना गुरुङ लगायतको उपस्थितिमा भएको बैठकले स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिहरुलाई जेष्ठ  २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने पनि निर्णय गरेको छ।

त्यस्तै नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्रबारहीमा रहेको १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ। 

सो बैठकले समिक्षा बैठकको संयोजनका लागि जिल्ला सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ।

संयोजकहरुको नामावलीः

१. किर्तिपुर नगरपालिका : सचिव राजेश शाक्य

२. काठमाडौँ महानगरपालिका : उप-सचिव तेज प्रसाद ढकाल

३.दक्षिणकाली नगरपालिका : उप-सचिव बिन्दु महर्जन

४.शंखरापुर नगरपालिका : उद्दव भण्डारी

५.बूढानीलकण्ठ नगरपालिका : कमल रेग्मी

६.गोकर्णेश्वर नगरपालिका : ध्रुबराज पाण्डे

७. टोखा नगरपालिका :केशरत्न बज्राचार्य

८.तारकेश्वर नगरपालिका : रामकृष्ण श्रेष्ठ

९.नागार्जुन नगरपालिका : ज्ञानमाया डंगोल

१०.कागेश्वरी मनोहरा नगरपालिका : भवानी डोटेल

११.चन्द्रागिरी नगरपालिका : इन्दिरा पन्त