काठमाडौं, बैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जन बढी कामदार भएपनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटना हुन नसकेको र विष्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।