बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल आज कोरोनामुक्त भएका छन्। आज प्राप्त नतिजा अनुसार केहि समय अघि कोरोना संक्रमण देखिएका नगर प्रमुख खरेललाई संक्रमण देखिएता उहाँलाई कुनै पनि किसिम लक्षण देखिएको भने थिएन। आफ्नो सवारीका चालकलाई कोरोना संक्रमण पुष्टि भएपश्चात् कन्याक्ट ट्रेसिङ्गमा आफ्नो जाँच गराउनुभएको खरेलको समेत संक्रमण पुष्टि भएपश्चात् उहाँ सेल्फ होम आइसोलेसनमा नै रहेर कोरोना मुक्त हुनुभएको हो।

कोरोनाको महामारी फैलिएकै स्थितिमा समेत प्रत्येक दिन तथा रात जनताको स्वास्थ्य सुरक्षा तथा जनताको सेवाका लागि खटिरहनुभएको प्रमुख खरेललाई कोरोना कहाँबाट र कुन समयमा संक्रमण हुन पुग्यो भन्ने यकिन हुन सकेको थिएन। यद्यपि कसरी र कहाँबाट संक्रमण फैलिएको भन्ने जानकारी नरहेतापनि हाल उहाँ कोरोना मुक्त भई पूनः आजबाट जनताका सेवाका लागि कार्यालय फर्कनुभएको छ। 

"हालको परिस्थिति प्रत्येक स्थानमा उत्तिकै रहेको छ, स्वास्थ्य सुरक्षा देखि अन्य विभिन्न दैनिक समस्याहरुबाट सारा नेपाल तथा विश्वनै गुज्रिरहेको अवस्थामा जनताका गुनासो तथा समस्याहरुको समाधान गर्ने क्रममै कुन समयमा कोरोना संक्रमण हुन पुगेँ", प्रमुख खरेलले बताउनुभयो। तथापि यस रोगको कुनै पनि किसिमका लक्षण नदेखिएकै कारण पनि यस रोगलाई परास्त गर्न अझ सहज भएको उहाँले बताउनुभयो। उहाँले आफ्नो सामाजिक संजालका मार्फत समेत आफ्नो नतिजाका बारेमा जानकारी प्रदान गर्नुभएको थियो। सोहि जानकारी सँगै उहाँ आफूले पालना गर्नुपर्ने नियम पूर्ण रुपमा पालना गरि पूनः आफ्नो दायित्व तथा जिम्मेवारीहरुलाई निरन्तरता दिँदै कार्यालयमा उपस्थित हुनुभएको छ।