कास्कीको भदौरेमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएृको छ भने १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २३ का वर्ष ५५ का लक्ष्मण सुनार तथा सोही वडा निवासी वर्ष ५२ का जयराम सुनार छन् । घाइतेमध्ये अन्नपूर्ण-४ निवासी देउमाया केसीको अवस्था गम्भिर छ ।

पोखराबाट भदौरे हुँदै सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो करिव साढे ३ बजेतिर स्थानीय सल्लाधारी भन्ने ठाउँको भीरबाट तल खसी दुघर्टनामा परेको हो।

घाइतेहरुको पोखरास्थित पश्चिमाञ्चल क्षत्रीय अस्पताल एवम् मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जीप अनियन्त्रित भई दुघर्टनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ ।