काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय लत्ता कपडा भण्डारमा आलगलागी भएको छ । बलम्बु प्रहरी प्रभाग कार्यालयका प्रमुख आदित्यराज विष्टका अनुसार आगलागीले भण्डारणमा रहेका कपडा जलेर नष्ट भएको छ ।

उहाँले आगलागी नियन्त्रणमा अझै आउन नसकेको जानकारी दिनुभयो । दमकलद्वारा आगलागी नियन्त्रणको प्रयास जारी रहेको भए पनि नियन्त्रणमा नआएको उहाँको भनाइ छ । 

सशस्त्र प्रहरी अस्पताल नजिकै लागेको आगलागीको कारण भने अझै पत्ता नलागेको उहाँले बताउनुभयो । प्रारम्भिक अनुमानअनुसार गोदाममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ ।