बूढानीलकण्ठ नगरपालिकाले काठमाडौं जिल्ला समन्वय समिति (जि.स.स.) का प्रमुख, उप्रमुख, समितिका सदस्य र कर्मचारीहरुद्वारा बुढानीलकण्ठ नगरपालिकामा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन गरेको छ। 

बुधबार एक विशेष कार्यक्रम आयोजना गरी नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले समितिका प्रमुख सन्तोष बुढाथोकी, उपप्रमुख शान्ति पाण्डे, सदस्य यशोदा कार्की, नरेन्द्र श्रेष्ठ, सुदिप धिमिरे, सुन्तली वाईबा, शोभा मगर र सपना परियार सहित समितिका प्राविधिक र कर्मचारीहरुलाई फुलमाला र खाँदा सहित स्वागत गरिएको थियो। 

जि.स.स. का पदाधिकारीहरुले नगरपालिका र समिति बिच लागत साझेदारीमा सञ्चालन भईरहेका योजनाहरुको अनुगमन गरिएको हो ।

नगरपालिका र समिति विच ४०-६०% लागत साझेदारीमा हाल ६ वटा योजनाहरु सञ्चालनमा छन् । जसअन्तरगत वडा नं ०१, वडा नं ०२, वडा नं ०३ र वडा नं ०७ का प्रशासनिक कार्यालय भवन निर्माण र नगरपालिका बैठक हल तथा सभाहल निर्माण रहेका छन् ।

नगरपालिका उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिका महाशाखा प्रमुख, पुर्वाधार विकास महाशाखा प्राविधिक लगायत जि.स.स. प्रमुख, उपप्रमुख, सदस्यहरु तथा प्राविधिक सहित निस्केको अनुगमन टोलिले ६ वटै योजनाको स्थलगत निरिक्षण गरि उक्त योजनाहरुको भौतिक, प्राविधिक र आर्थिक प्रगतीका पक्षहरु अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा नगरपालिका पुर्वाधार विकास महाशाखा ईन्जिनियर सौरभ लामिछानेले योजनाहरुका हालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१ करोड ८१ लाख ४३ हजार ३ सय ३३ रुपैयामा सम्झौता भएको वडा नं ०१ को भवन निर्माण कार्य ६५% सम्पन्न भईसकेको, २ करोड २ लाख ३ हजार २ सय ८७  रुपैयामा सम्झौता भएको वडा नं ०२ भवन निर्माण कार्य ८५% सम्पन्न भइसकेको , २ करोड ८९ लाख ५७ हजार २ सय ४४ रुपैयामा सम्झौता भएको वडा नं ०३ को भवन निर्माण कार्य ३५ % सम्पन्न भएको र १ करोड ३५ लाख ४४ हजार ८ सय ४६ रुपैयामा सम्झौता भएको वडा नं ०७ भवन निर्माणको ७५% काम सम्पन्न भईसकेको लामिछानेले जानकारी दिनु भयो । साथै नगरपालिका सभाहल र बैठक हलको निर्माण कार्य सम्पन्न भई हाल प्रयोगमा समेत आईसकेको उहाँले जोड्नु भएको थियो । 

अनुगमनको क्रममा जि.स.स. प्रमुख सन्तोष बुढाथोकिले सक्रिय रुपमा सञ्चालन भईरहेका योजनाहरुको निर्माण कार्य र प्रभावकारीताको उच्च मुल्याङ्कन गर्दै नगरपालिका जनप्रतिनिधि लगायत कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । निर्माण कार्य अन्तरालमा भएका र देखिएका प्राविधिक तथा आर्थिक कमजोरीहरुलाई शिघ्र रुपमा परिमार्जन गर्नुहुन सम्बन्धित सबैमा निर्देशन दिनुभएको थियो ।