राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरुका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरिएको कार्यालयले जनाएको छ । 

आगामी पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुरसहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् । 

रजिष्ट्रेशन आवेदनसहित प्रति विद्यार्थी चार सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ । साथै, सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्कसहित आठ सयका दरले रकम जम्मा गर्नुपर्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । 

सम्बन्धित विद्यालयले माघ १५ बैंक भौचर र रजिष्ट्रेशन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

रजिष्ट्रेशन आवेदन फाराम विद्यार्थी स्वयंले गर्नुपर्ने छ । विद्यार्थीहरुको उक्त विवरण  सम्बन्धित विद्यालयले अनलाइनमार्फत प्रविष्टी गर्ने व्यवस्था मिलाउनु पर्ने छ । कार्यालयका अनुसार अनलाइन प्रविष्टीका लागि बोर्डको बेवसाइट https://exam.neb.gov.np/ पुस ३ गतेबाट खुला गरी पुस मसान्तमा बन्द हुने छ ।