बूढानिलकण्ठ नगरपालिका वडा-११ कपन लसुनटारमा भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ । आगलागीमा परी करीव ३ जनाको मृत्यु भएको छ भने दुई जनाको शव फेला परेको खबर स्थानियले दिएका छन  ।

स्थानीय टंक घिसिङको उक्त घरमा किर्तिमानी पर्वतारोही ' निम्स दाई' अर्थात निर्मल पुर्जाको इलाइट हिमालयन एड्भेण्चर प्रालि नामक ट्रेकिङ कम्पनी सञ्चालनमा रहेको जानकारी आएको छ । हाल लगभग आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरेका थिए ।उद्धार कार्य जारि रहेको र के कसरि उक्त घरमा आग लागि भएको हो र क्षतिको बिवरण आउन बाँकी रहेको छ।