विजयादशमीको अबसरमा बुढानीलकण्ठ युवा समाजले आयोजना गर्दै आईरहेको बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको आठै संस्करण संचालन हुने भएको छ | बुढानीलकण्ठ युवा समाजको सामाजिक संजाल मार्फत फारम वितरणको सूचना प्रेषित भएको छ | सातौ संस्करणको उपाधि बु न पा ५ ले जितेको थियो भने उप बिजेता बु न पा ९ रहेको थियो | आठौ संस्करणको प्रतियोगिताको फारम वितरण २०८०/०६/१७ बाट हुँने र फारम बुझाउने अन्तिम मीती २०८०/०६/२६ गते रहेको जानकारी गराईएको छ | प्रतियोगिताको टाईसिट बारे आर्को सुचनामा जानकारी गराईने क्लबका कार्यबाहक अध्यक्ष सक्शा शाह ठकुरीले जानकारी दिनु भएको छ |
प्रतिकृयाहरु