श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैङ्कसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाको लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सहयोग गर्न विश्व बैङ्कले २० करोड डलर ऋण उपलब्ध गराउन सहमति जनाइसकेको र उक्त रकमलाई अन्तिम रूप दिन विश्व बैङ्कसँग छलफल हुने बताउनुभयो ।

श्रीलङ्काको मन्त्रिपरिषद्ले एसियाली विकास बैङ्कबाट तीन करोड ५० लाख अमेरिकी डलर ऋण र थप १५ लाख अमेरिकी डलर अनुदानका लागि वार्ता अघि बढाउन अर्थ मन्त्रालयलाई अख्तियारी दिने प्रस्तावलाई पनि अप्रिलमा अनुमोदन गरेको थियो । रासस/सिन्ह्वा