हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बुढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।

ल्होछार पर्वको अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाको मुल आयोजनामा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष कार्यक्रम हुन लागेको जानकारी आज सञ्चारकर्मी भेटघाट कार्यक्रम  मार्फत नगरपालिकाले सार्वजनिक गरेको हो ।

नगरपालिका स्वयंको आयोजनामा हुन लागेको कार्यक्रम व्यवस्थापनको लागी उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । जस अन्तरगत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति रहेका छन् ।

ल्होछार पर्वको दिन माघ ०८ गते (आईतबार) बिहान नगरपालिकाका विभिन्न स्थानमा जम्मा भई र्याली सहित वडा नं ०८ स्थित गोल्फुटार बास्केटबल मैदानमा भेला हुने संयोजक अनिता लामाले जानकारी दिनु भयो ।

र्यालीमा जम्मा हुने स्थानहरुः

  • वडा नं १, २, ३, ४ र ५- नारायण्स्थान स्थित मिलचोकमा भेला हुने,
  • वडा नं ६ र ७ - हात्तिगौडा चोक,
  • वडा नं ०८ र ०९- गोल्फुटार स्थित वडा नं ०८ कार्यालय भवन,
  • वडा नं १०, ११, १२ र १३ - कपन ह्याण्डबल मैदान ।

“कार्यक्रममा नगरपालिकाका तामाङ्ग, शेर्पा, राई, नेवार, ब्राम्हण लगायत विभिन्न जातिय/ धार्मिक समुदायबाट मौलिक कला, संस्कृति तथा भेषभुसाहरु प्रदर्शन हुनेछन्”, उपप्रमुख लामाले जोड्नुभयो, “कार्यक्रम स्थलमा स्थानीय संस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका लागी मञ्च राखिने छ” ।

नगर प्रवक्ता नवराज भट्टराईको नेतृत्वमा भएको आजको सञ्चारकर्मी भेटघाट कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउँदछन । ल्होछार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्ने सँग गासिएको छ । सोनाम ल्होछार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ ।

यस कार्यक्रममा उपस्थित भई स्थानीय चाड पर्वहरुको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्न सम्पुर्ण नगरवासीहरुमा आयोजक समितिले निमन्त्रणा गरेको छ ।

कार्यक्रममा स्टल राख्नका लागि निःशुल्क व्यवस्थापन गरिएको छ । स्टल तथा अन्य व्यवस्थापकीय जानकारीका लागी उपसमिति संयोजक दोर्जे लामा (सम्पर्क नं ९८४१२०८१३५) र स्टल बुकिङका लागि संयोजक दिलिप थिङ्ग (फोन नं ९८५१०१४१७३) लाई सम्पर्क गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।

मूल व्यवस्थापन समिति 

संयोजक : अनिता लामा 

१.मन्च व्यवस्थापन उप-समिति

संयोजक : सुमन तामाङ्ग

सदस्य : दिलिप थिङ्ग

सदस्य : कर्ण लामा

२.आर्थिक तथा प्रशासन उप-समिति

संयोजक : विजय तामाङ्ग

सदस्य : सुरेन्द्र लामा

सदस्य :विकास तामाङ्ग

३.सांस्कृतिक उप-समिति

संयोजक : राजु तामाङ्ग

सदस्य :धोर्जे तामाङ्ग

सदस्य :सुजन तामाङ्ग

४.प्रचार प्रसार तथा सुचना सञ्चार उपसमिति

संयोजक : उज्वल तामाङ्ग

सदस्य :बसन्त तामाङ्ग

सदस्य : बुद्धि तामाङ्ग

५. खाध्य व्यवस्थापन उपसमिति

संयोजक : दिलिप तामाङ्ग

सदस्य : श्रीमान तामाङ्ग

६. स्वयंसेवक व्यवस्थापन उप-समिति

संयोजक : कर्ण लामा

सदस्य : रण बहादुर तामाङ्ग

सदस्य :श्री लामा

सदस्य : हेब्सिबा तामाङ्ग

सदस्य ; रंजित लामा

७.सांस्कृतिक र्याली तथा झाँकी व्यवस्थापन उप-समिति

संयोजक : प्रेम बहादुर तामाङ्ग

सदस्य : दिपक तामाङ्ग

सदस्य :सुमन तामाङ्ग

सदस्य :श्याम तामाङ्ग

सदस्य : मिलन तामाङ्ग

सदस्य : रोहित तामाङ्ग

८. पुजा व्यवस्थापन उप-समिति

संयोजक : इन्द्र लामा

सदस्य :कृष्ण बहादुर तामाङ्ग

सदस्य :भिम बहादुर तामाङ्ग