हुुम्ला, भदौ ७ गते ।
चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका – ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटकहरु सो स्थानमा जान लागेका हुन् ।
होटेल तथा पर्यटन व्यवसायी विजय लामाले मङ्गलबारदेखि पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो धार्मिक पर्यटकहरुको समूह सिमकोट आइपुुगेको बताउनुुभयो ।
बुधबार बिहान गाडीमा टोली लेकधिंगासम्म जानेछ भने त्यताबाट हेलिकोप्टरमा लिमीको ताक्चीसम्म पुुग्नेछ । ताक्चीबाट सो टोली गाडीमा लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
यो क्रम एक महिनासम्म चल्नेछ । करिब एक हजार चार सय धार्मिक पर्यटकहरुले कैलाश मानसरोवरको दर्शन गर्नु हुनेछ ।
स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशिला रोकाया लगायतको टोली विमानस्थलमा पुुग्नुभएको थियो ।
प्रतिकृयाहरु