बाजुराको त्रिवेणी नगरपालिकामा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सन्दीप अयडी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले दलका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको बताउनुभयो ।

त्यहाँ घटनामा परेर अन्य केही स्थानीय पनि घाइते भएको उहाँको भनाइ छ । घाइतेको उद्धारका लागि अहिले नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको उहाँले बताउनुभयो ।

एक जनाको मृत्यु भएको र अन्य एक जनाको पहिचान हुन सकेको छैन । अन्य घाइतेहरुको पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बताउनुभयो ।