दोलखा खेलकूद विकास समितिको समन्वय तथा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सदरमुकाम चरीकोटमा भएका पहिलो हाइ अल्टिच्युट आरडब्लु च्याम्पियनसिप २०२१ को उपाधि हेभी वेट च्याम्पियनसिपको उपाधि चट्टानले हात पार्न सफल हुनु भएको छ । 
शनिबार भएको सो खेलमा नुवाकोटे टाइगर र चट्टानबीच प्रतिस्पधा भएको थियो । उहाँले एक लाख ५० हजार नगद र मेडल तथा प्रमाणपत्र पाउनु भएको आयोजक नेपाल रिङ रेस्लिङ संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो । 
प्रतियोतिामा ट्रिपल थ्रेट हाडकोर च्याम्पियिन हनु भएका द युवले नगद एक लाख २० हजार, मिडल वेट च्याम्पियन हुनु भएका डयभिडले नगद ८५ हजार, ट्याग टिम च्याम्पियन हुनु भएका एक्स हिरो र थागुले नगद ७५ हजार, लाइट वेट च्याम्पियन हुनु भएका सिजे वल्र्डले नगद ५० हजार र रोयल ब्याटल च्याम्पियन हुनु भएका साइनले नगद ४५ हजार र मेडल तथा प्रमाणपत्र पाउनु भएको छ । 
सो खेलमा नुवाकोटे टाइगर, थागु,डेभिड, साइरन, टुप्पी,ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोनलगायतका महिला तथा पुरुष १७ जनाको सहभागितामा ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । 
वाग्मती प्रदेस खेलकुद विकास परिषदका सदस्य सचिब सूर्यलाल भण्डारीले आगामी वर्ष यहाँ अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता हुने जानकारी दिनु भयो ।