महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन्  ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त
पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजासहित पक्राउ
गरेको हो ।
        पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
        यसैगरी बारा जिल्लाको सीम्रौनगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी
कुमार दासलाई पक्राउ गरेको छ ।
        नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले उक्त रुपैयाँको श्रोत खुलाउन
नसकेपछि पक्राउ गरेको हो ।