नवलपरासी पूर्व- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ ।

काँग्रेसको तर्फबाट उम्मेद्वार बन्नुभएकी लक्ष्मीदेवी पाण्डे माथि आक्रमण भएको जनाइएको छ । गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।

वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ ।

ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयको घरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डेले बताउनुभयो ।

आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।

-नेपालटिभी