काठमाडाैँ, जेठ २१ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्नुभएकाे छ । शनिबार विहान अध्यक्ष निवास खुमलटारमा उहाँले भेटवार्ता गर्नुभएकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगकाे भेटपछि उहाँले अध्यक्ष प्रचण्डसँग पनि भेट्नुभएकाे हाे ।

भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो र आफ्नो पार्टीकाे साथ सँधै रहन आश्वासन दिनुभएकाे छ ।

"तपाईंको जित ठूलो कुरा हो, याे एक किसिमकाे क्रान्ति नै हो । पहिलेका प्रमुखहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर ( सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हाम्रो सँधैभरी साथ र सहयोग हुनेछ।" 

अध्यक्ष प्रचण्डले प्रमुख साहलाई जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएकाे छ । प्रमुख साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।