हामी गाली यहाँ नेतालाई गर्छौं तर यहाँ गलत त हामी हौं किनकी हामी आफैं गलतको पछि भेडा सरह बनेर दौडदै छौं । सरकार के अब चुनाबमा भोट हाल्न राहदानी बनाउनु पर्ने हो कि एक प्रदेशबाट अर्को प्रदेश जान भिसा लगाउनु पर्ने हो । नेता यहाँ मख्ख चुनाब आयो भनेर शैक्षिक बेरोजगार युबा यहाँ मख्ख म्यादी प्रहरी बन्छु भनेर।

चेलिबेटीहरु यहाँ मख्ख म भाइरल भएँ भनेर, दलाल यहीँ मख्ख दुई चार लाख गनेर । धिक्कार छ कस्तो देश  बनायौ है ? अझै पनि मेरो नेता मेरो पार्टी भनेर हिड्नुको तात्पर्यता आखिर के छ त ? चुनाबमा भोट चाहिन्छ भने मन जितेर देखाउ । प्रस्न को उत्तर दिएर देखाउ ।

हिजोको दिनको घोषणा पत्र अगाडि राखेर हामीले यो हासिल गरेका छौं भनेर देखाउ । तिम्रो राजनीतिले आम नागरिकको आर्थिक, सामाजिक, भौगोलिक, न्यायीक, उत्पादन र दैनिक जिबिकोपार्जनमा के सफलता मिल्यो त्यो देखाउ ।

भ्रष्टाचार कति उन्मुलन भयो त्यो देखाउ। कति युबाले रोजगारको अबसर पाए त्यो देखाउ । महङ्गी नियन्त्रण कार्यमा के भयो त्यो देखाउ । कोरोनाको कारणले कति व्यवसाय फसे कति बेरोजगार भए र ऋणको भार बोक्न नसकेर कति व्यवसायिले आत्महत्याको बाटो रोजे त्यो देखाउ।

कतिले राज्यको सेबा सुबिधा प्राप्त गरे त्यो देखाउ । राज्यबाट पीडित र न्यायबाट पीडित कतिले तिम्रो ब्यबस्थापन न्याय पाए त्यो देखाउ ।देशमा अबसर प्राप्त नभएर वैदेशिक मुलुकमा काम गर्न पुगेका पीडित युबाले के प्राप्त गरे त्यो देखाउ।

कति युवा बन्द बाकसमा फर्केर आए त्यो देखाउ। तिमिले राजनीति गर्दै गर्दाको पार्टीगत हर हिसाब देखाउ,  आय देखाउ व्यय देखाउ ।

मेरो भनाइ गलत लाग्ने बिना र बैचारिक र स्वविवेक प्रयोग नगरी नेता भनाउँदालाइ नमस्कार गर्दै सलह सरह पछि लाग्ने युबा कृपया अन्त जानू पर्दैन केशरमहलमा जादाँ हुन्छ । यहाँ नेता कदापि गलत होइन साथ दिने हामी गलत हौं ।

यदि साथ चाहिन्छ भने यी प्रश्नको उत्तर बोकेर आउ अबस्य मेरो भोट अबस्य पाउछौँ। होइन भने मेरो आगँनमा कुकुरलाई स्वागत छ तर नेतालाइ छैन किनकी म यो मान्छु कि संसारमा बफादार र इमानदारीता भनेको पशुमा छ तर हाम्रो राजनीतिज्ञमा छैन ।

जय देश !!

जय पशुपति नाथ।।