नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

सोमबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा सुनीता डङ्गोलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । 

स्थापित र डङ्गोल दिउँसो बाजागाजासहित उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुग्नुभएको हो । स्थापित काठमाडौं महानगरको पूर्व प्रमुख तथा प्रदेशसभा सदस्य समेत भइसक्नुभएको छ ।साभार गोरखापत्र