बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ को खेलकुद विकास र स्थानीय प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी जेठ महिनामा 'चौथो वडा अध्यक्ष कप २०८३' आयोजना हुने भएको छ। वडा कार्यालयको मुख्य आयोजनामा हुन लागेको यो तीन दिने खेलकुद प्रतियोगिता जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछ।

कपनस्थित दीक्षालय नेपाल फाउण्डेशनको प्राङ्गणमा सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी 'बुढानीलकण्ठ राईटस' ले लिएको छ। स्थानीय स्तरमा खेलकुदको व्यावसायिक विकास र युवाहरूमाझ भ्रातृत्व प्रवर्द्धन गर्न यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आयोजक वडा कार्यालय तथा व्यवस्थापन टोलीले सम्पूर्ण खेलप्रेमी, स्थानीय नागरिक तथा सरोकारवालाहरूलाई खेलको गरिमा बढाइदिन र खेलाडीहरूको हौसला बढाउन प्रतियोगिता स्थलमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको विवरण:

  • प्रतियोगिता: चौथो वडा अध्यक्ष कप २०८३

  • मिति: २०८३ जेठ २२, २३ र २४ गते

  • स्थान: दीक्षालय नेपाल फाउण्डेशन, कपन (बु.न.पा.–११)

  • आयोजक: बुढानीलकण्ठ नगरपालिका, वडा नं. ११

  • व्यवस्थापक: बुढानीलकण्ठ राईटस