एउटा साधारण परिवारको विद्यार्थीले मनमनै केही प्रश्न गर्छ। प्रश्न उसले आफुले मौलिक हकको रुपमा पाउन पर्ने शिक्षा किन नपाएको होला वा भनौँ पाएपनि किन राम्रो नपाएको होला भन्ने विषयमा आफैसंग  केही संवाद गर्दा कस्तो गर्दो होला । उसले त्यो मनो संवादलाई के शिर्षक देला त? 

 म भए त यसो गर्थेँ होला !!!

शिक्षा, किन यस्तो होला!

ठुलो मान्छे हुने शिक्षा किन महङ्गो भएको होला!

डाक्टर इन्जिनियर बन्ने अनि देश बनाउन मद्दत गर्ने शिक्षा किन व्यवसायिक भएको होला?

सानोमा के बन्छस् भनेर कसैले सोध्दा 

जोडले डाक्टर... भन्ने मान्छे म सरकारी स्कूलको मार्कसिट बोकेर काठमाडौँको अग्लो बिल्डिङ भएको कलेज पढ्न जाँदा किन तर्सिएँ होला !

सरकारी विद्यालयले किन राम्रो पढाउँदैन होला अनि प्राइभेट स्कुलले किन पढाइ मात्र रहन्छन् होला !

विद्यालयमा केही सिक्छु कि भनेर गएको किन सुगालाइ जस्तो रटाएर पढाइको बोझ मात्र थपिइन्छ होला !

मैल पढ्न जानिन भने किन मेरो शरिरलाई यातना दिइन्छ होला !

मेरा साथिहरुको आगाडि मलाई किन सँधै तुलना गरिन्छ होला !

किन सबैजनाले बूढानीलकण्ठ जस्ता विद्यालयमा पढ्न पाउँदैनन् होला?

मेरो बाबाले महिनौँ लगाएर थापेको तलबले मेरो एक महिनाको फी तिर्न किन गार्हो हुन्छ होला?

कस्तो राम्रो गाउँछु म, 

खेलमा पनि सँधै पहिलो हुन्छु म,

मैले बिज्ञान र हिसाब चाहि किन राम्रै गर्नै पर्छ होला ! 

शायद यस्तो भएर होला…

कपुरी 'क' सिक्न भनेर क्लासमा भर्ना भएको म ठुलो हुँदा के-केन सिक्न सक्छु भनेर होला। 

(सन्तोष के.सी)