बूढानीलकण्ठ नगरपालिका वडा -१ मा रहेको मानव आश्रममा आश्रित ५० जना जेष्ठ नागरिकहरुलाइ सर-सामाग्री प्रदान गरि बूढानीलकण्ठ प्रहरी प्रभागले आज विजया दशमी मनाएका छन्। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा-३ अध्यक्ष बालकृष्ण श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष उत्तम खड्का, विशेष अतिथिका रुपमा महानगरीय प्रहरी वृतका प्रमुख प्रहरी नायव निरीक्षक उमेश लम्साल लगायत अन्य सहयोगी व्यक्तित्त्वहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै वडा - अध्यक्ष बाल कृष्ण श्रेष्ठले यस किसिम को सामजिक कार्य आयोजना गर्न महत्वपुर्ण भूमिका निभाउनु भएको महानगरिय प्रहरी प्रभाग बूढानिलकण्ठ का प्रमुख प्र .नि भुपेन्द्र गिरी लाई बधाई तथा अन्य सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । मानव सेवा आश्रमले गरेका कार्यहरुको प्रसंसा गर्दै वडा कार्यलयको तर्फ बाट सहयोग रहने बताउनु भएको छ ।  

केहि नयाँ कार्यको शुरुवात गरेका हौँ । प्रहरी सामाजिक पक्षको अभिन्न अंग भएका कारण सुरक्षा प्रदानका साथ-साथै सामाजिक दायित्व वहन गरि सामाजिक सेवा गर्न पनि सक्छौं भन्ने एक उत्कृष्ट उदाहरणका रुपमा यस कार्यको शुरुवातबाट हेर्न सकिनछ। तसर्थ विजया दशमीको उपलक्ष्यमा मानव आश्रममा रहेका बुवा आमाहरुलाई केहि सहयोग गर्ने कार्यक्रम आयोजना गरेको बूढानिलकण्ठ प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र  गिरीले बताउनु भएको छ।

कार्यक्रममा बोल्दै महानगरिय प्रहरी वृत महाराजगंजका प्रमुख   प्रहरी नायव निरिक्षक उमेष लम्सालले  विजया दशमीको उपलक्ष्यमा निकैनै पवित्र र सराहनिय कार्यको थालनी भएकोमा बधाई र सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। मानवसेवा जस्तो ठुलो सेवा र धर्म अरु कुनै नरहेको र साथमा यस खालका कार्यहरुको शुरुवात मात्र हो र यसलाई अझै प्रवर्द्धन गर्दै र व्यवस्थापनका विभिन्न विषयहरुलाई पनि मध्यनगर गर्दै लगिनुपर्नेमा जोड दिनुभयो। हरेक समुदाय र हरेक व्यक्तिहरुको साथ र सहयोग प्राप्त भएमा यो सबै सम्भव रहेको पनि उहाँले बताउनुभयो। यस कार्यको शुरुवात गरेकोमा आभार प्रकट गर्दै आफ्नो यस यात्राका लागि आफुले सक्दो सहयोग र साथका लागि प्रतिवद्धता समेत जाहेर गर्नुभयो। प्र.ना.उ लम्सालद्वारा उक्त आश्रमका लागि आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । जीवनको सार्थकता यसरीनै सबैको सेवामा लगाउनुपर्ने र आश्रममा रहेका हररेकको खान-पान लगायतका सेवाहरुमा साझा प्रयासबाटनै यस कार्यलाई अगाडि बढाउन सकिने पनि उहाँले आफ्नो भनाई मार्फत व्यक्त गर्नुभयो। 

विभिन्न क्षेत्रहरु, व्यक्ति तथा संस्थाहरुको सहयोगबाट करिव २ लाख ४० हजारको दैनिक सर-सामानहरुको संकल गर्न सफल रहेको प्र नि गिरिद्वारा जानकारी प्राप्त गरिएको छ l जसमा , विभिन्न दैनिक प्रयोगका लागि महत्वपुर्ण रहेका खाद्यान्न, ओच्छ्यान, जाडो नजिकिँदै गरेका कारण जाडोका लुगा, सिरक, सरसफाइका सामाग्रिहरु लगायत अन्य सामानहरु संकलन गर्न सफल भएको उहाँले बताउनुभयो। साथसाथै विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोगहरु पनि प्राप्त भएको र विजया दशमीकै अवसर पारी ५० हजारसम्मको सहयोग रकम समेतको प्रतिवद्धता रहेको पनि जानकारी प्रदान गर्नुभएको थियो। 

नेपाल सरकारको समृद्ध नेपाल र सुखि नेपाली बनाउने उद्देश्यलाईनै महत्व दिँदै सडकहरुमा बेसाहारा रहेका व्यक्तहरुलाई खयाल नगर्ने हो भने सुखि नेपाली बनाउन सम्भव रहँदैन। सोहि साझा उद्देश्यलाई पुरा गर्न यस कार्यको थालनी उहाँको बताउनुभयो।