मोरङ, २०८१ बैशाख १६ गते ।

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा  स्थितबाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् ।

आज दिउसो सँवा २ बजे  लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय नोट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।