बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुने व्यक्तिहरूको सुची नवीकरण गर्नका लागि वडा कार्यालयले सूचना जारी गरेको छ।

सामाजिक सुरक्षा भत्ता नियमावली २०७६, को नियम (९) बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले मिति २०८१ श्रावण महिना देखि भाद्र मसान्त भित्र नविकरण गरिसक्नु पर्ने भएको हुँदा नविकरण गर्न बाँकी रहेका तपसिलमा उल्लेखित लाभग्राहीहरुले तुरुन्तै नवीकरण गर्न सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन वडाका अध्यक्ष राजेन्द्र श्रेष्ठले सबैमा अनुरोध गर्नुभएको छ । 

नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्र र भत्ताको परिचयपत्र सहित लाभग्राही स्वयं  वडा कार्यालयमा उपस्थित भई नविकरण गर्नु हुन सम्बन्धित सबैमा यो सूचना मार्फत अनुरोध गरिएको छ।