उत्तर चीनको वुहानबाट शुरु भयो कोरोना

महामारी बनी फैलियो अहिले विश्व भरमा 

 

छैन यसको औषधी यती बेला कतै

मास्क लगाई टाढा बस्नु जाती हुन्छ सबै

 

आफु बच जाहन छिमेक परिवार बचाउ

कोरोनाको जोखिम बारे सबैलाई बताउ 

 

मिचि मिचि हात धुने लिई साबुन पानी

टाढैबाट नमस्कार गर्ने बसाउँ बानी

 

तीन मिटर फरक गरी बस्ने हिँड्ने गरौँ

सुरक्षित हुन सबै अनुशासित बनौँ

 

भाग्छ भाग्छ कोरोना हाम्रो बानी सुधारौँ

आफ्नै संस्कार पहिल्याऔँ नमस्कार गरौँ

 

सबै गाउँ टोलवासी चलाख भयौँ भने 

बाटो थुन्न सक्छौँ हामी कोरोना आउने 

 

विदेशबाट गाउँ घरमा कोही आयो भने

स्वास्थ्य चौकी गई जाँच गर भनि दिने

 

भ्याक्सिन सुई केही छैन अहिले कोरोनाको 

सुरक्षित घरमै बसौँ कल्याण हुन्छ सबको 

 

आवश्यक सामान किन्न बजार जानु पर्दा 

राम्रो हुन्छ टाढै बसि सामान लिने गर्दा

 

हुल-मुल जमघट कतै गर्न हुन्न।

भिडबाट टाढै बसौँ कोरोनाले छुन्न।। 

लेखक- रघुनाथ पण्डित