अखिल नेपाल फूटबल संघ (एन्फा) ले बाङ्लादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फूटबल टोली घोषणा गरेको छ।

एन्फाका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुँमागाइले यहि असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलको लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। उनले आशिष चौधरी र ऋतिक खड्कालाई पहिलो पटक टोलीमा राखेका छन्।

नेपालको टोली:

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर: अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डर: तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ, सुनील बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,

फरवार्ड: विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अञ्जन विष्ट, आशिष चौधरी।