बुढानीलकण्ठ नगरपालिकाकाे ११ औं नगरसभा पौष २९ गते सम्पन्न भएकाे छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

नगर सभाको अवसर पारेर नगर युवा परिषद द्वारा नमुना नगरसभा अभ्यास प्रस्तुत गरिएको थियो । यस अघि युवा परिषदको आयोजनामा भएको नमुना युवा संसद प्रशिक्षण कार्यक्रमका प्रशिक्षित सहभागिहरुले बुढानीलकण्ठ नगरपालिकाका नगर सभा सदस्य सामु “नमुना नगर सभा” सञ्चालन गरेका हुन् ।

संविधान र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ । यस हिउँदे नगरसभामा चालु आ.व. २०७९/८० काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मुल्याङ्कन गरिएकाे थियाे । 

सभामा राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिका संयोजकद्वारा आवश्यक सुधार तथा संसाेधन समेत प्रस्तुत गरि प्रगति प्रतिवेदन नगर प्रमुख तथा सभाध्यक्षलाई पेश गरिएको छ ।

पेश गरिएका विषयगत समितिका प्रतिवेदन सभाबाट छलफल भइ पारित भएकाे छ ।

विषयगत समिति अन्तरगत राजस्व परामर्श तथा न्यायीक समितिका संयोजक नगर उपप्रमुखले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुशासन समितिबाट संयोजक शम्भु प्रसाद भट्टराई, विधायन समितिबाट संयोजक गोमा मंग्रान्ती, पूर्वाधार विकास समितिबाट सुरेन्द्र लामा, सामाजिक समितिबाट संयोजक शान्ता ढकाल पुडासैनी, वन-वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक राजकुमार रोक्का, आर्थिक विकास समितिबाट रिना श्रेष्ठ र लेखा समितिबाट संयोजक राजकाजी श्रेष्ठले आ-आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।