काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । क्याप्टेन बीएस थापाले उडाएको  ९एन एएनआर जहाजको इन्जिनमा आगो लागेपछि तत्काल काठमाडौँमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

उडान नं ८२१ रहेको जहाज उडेको केही मिनेटमै आगो लागेपछि  धादिङको थाक्रेबाटै काठमाडौँतर्फ फर्किएको थियो ।