संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी उप-प्रतिनिधि ताई पिङले फेब्रुअरी ६ तारिखमा युक्रेनी संकटमा संलग्न विभिन्न पक्षहरूलाई जनतालाई ध्यान दिन, शान्ति प्रवर्द्धनका लागि प्रयास गर्न र द्वन्द्व ननिम्तिने गरी शान्तिपूर्ण वार्ताको पुनस्र्थापना गर्न साथै युद्धविराम गर्न चीनले फेरि आह्वान गरेको बताउनु भयो।
 
युक्रेनको मानवीय मुद्दामा छलफल गर्दा द्वन्द्वका विभिन्न पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्छ भन्दै जीवनको सम्मान गर्नुपर्ने र नागरिक तथा नागरिक सुविधाहरूमा आक्रमण रोक्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो। नागरिकका समस्या समाधान गर्न र मानवीय सहायतालाई सुरक्षित आचरण सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा चीनले सधैँ जोड दिएको ताई पिङले बताउनुभयो।
 
उहाँले युक्रेनी संकटको शान्तिपूर्ण समाधान गर्न र युद्धमा परेका सबै पीडितहरूलाई शान्ति पुन: प्राप्त गर्न सहयोग दिनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा दोहोर्‍याउनुभयो।-CRI