बुढानीलकण्ठ नगपालिका वडा-३ र पञ्जीकरण शाखाले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न कार्यालय सम्म जान नसकेका लक्षित वर्गिय व्यक्तिहरुलाई टोल तथा घर-घरमै पुगी सेवा प्रदान गरेको छ। बुढानीलकण्ठ  नगपालिका वडा-३ मा रहेका  ४१ जना ज्य़ेष्ठ नागरिकहरु लाइ घर घर मै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरेको वडा सदस्य बलामय श्रेष्ठले जानकरी दिनु भएको छ । बिगतका बर्ष  देखि नै बुढानीलकण्ठ नगपालिका वडा-३ मा रहेका ज्य़ेष्ठ नागरिक तथा लक्षित व्यक्तिहरुलाई घर आँगन मै समाजिक सुरक्षा भत्ता वितरण तथा अन्य वडा सम्बन्धित सेवाहरु  पनि प्रदान गरिरहेको वडा सदस्य बाल माया श्रेष्ठले बताउनु भएको छ। जस्तै स्वास्थ्य बिमाका कार्यहरु पनि वडा कार्यालयमा धाउनु नपर्ने र  घर टोल मै बसी कमर्चारी पठाई उक्त कार्य भैरहेको समेत जानकरी दिनु भएकोक छ।