आफ्नो निहित स्वार्थ र कुण्ठाको जगमा जसलाइ जे पनि आरोप लगाउने  अनि त्यस्तो फत्तुर आरोपहरु कहीं कतै प्रमाणित हुनु नपर्ने हो ?? आज विद्धमान ऐन कानुन अनुसार पक्राउ परेर अनुसन्धानको निम्ती थुनिएका रवी लामिछानेलाइ जोगाउने वाहनामा समग्र राज्य व्यवस्थाकै खिलाफमा जनमत उठाउने कसरत हुँदैछ , कसैलाइ पक्राउनै गर्न नमिल्ने भन्ने खालका प्रचार गरिंदैछन l हो कोहि कसैलाइ पनि अनावश्यक रुपमा पक्राउ गर्नु हुन्न झन कसैले आफैंले आफ्नो हत्या अर्थात आत्महत्या गर्दा कसैलाइ त्यसको निम्ती जिम्मेवार ठहर गरेकै हुनाले कोहि थुनिनु पर्ने अवस्था ठिक हैन  नै l

तर त्यसो भन्दैमा कानुनमा रहेको त्रुटी विधिवत रुपमा संशोधन नभएसम्म प्रहरी वा जुनसुकै राजकीय निकायले पनि त्यस कानुन अनुसार आफ्नो कर्तव्य गर्नैपर्छ l अहिले पनि प्रहरीले त्यही नै गरिरहेको छ , आवश्यक छानविन पश्चात मुद्दा अदालतमा बुझाउने छ , सम्मानित अदालतले अन्तिम निर्णय गर्ने हो l विवेक सहित न्याय सम्पादन हुँदा केवल आरोपकै भरमा कोहि थुनिने छैन l तथ्य यही नै हो , हुने र हुनुपर्ने पनि यही हो तर यही घटनालाइ उछालेर आफ्ना दमित मनोकामना पुरा गर्ने काम पनि चलेकै छ भन्ने प्रष्ट हुँदैछ l हुँदा-हुँदा प्रहरीले सदाझैं विद्धमान कानुन कार्यान्वयनको काम गरिरहेको तथ्यलाइ नजरअन्दाज गर्दै वर्तमान  प्रहरी महानिरिक्षककै हुर्मत लिने र त्यसो गर्दै समग्र प्रहरीको मनोवल घटाउने खेल हुँदै छ l त्यसैले त प्रहरी महानिरिक्षकको वर्दीलाइ लुँगीसंग तुलना गर्ने मात्रै नभएर उनले कुनै अमुक मन्त्रीलाइ करोडौँ रुपियाँ बुझाएर आइजीपी भएको भनेर लेख्नेसम्मका काम भएका छन l

आइजीपीको मात्रै हैन सार्वजनिक पद धारण गरको जोसुकैको आलोचना गर्न पाइन्छ,  तथ्य र सत्यमा टेकेर कुनै पनि आरोप पनि लगाउन पाइन्छ तर के मनोगत रुपमा कुनै आरोप लगाउन पाइन्छ ?  किमार्थ पाइदैन l  र जाहाँसम्म आइजीपी सर्बेन्द्र खनालले करोडौँ खुवाएर आइजीपी भए भन्ने आरोप छ , त्यो तथ्यहीन आरोप हो , कसैको आग्रह-पूर्वाग्रह र कुण्ठाको उपज हो , त्यसैले जसले पनि त्यो लेख्यो उसले आफ्नो आरोप पुष्टि गर्नु पर्छ l  

अझै आइजीपी सर्वेन्द्र खनाललाइ  हिलो छ्याप्न तत्कालिन अवस्थामा आइजीपी प्रतिस्पर्धामा रहेका रमेश खरेलको समेत फोटो जोडेर आफ्नो लेखनीलाइ पुष्ट्याउने कोशिस भएको पनि देखिन्छ , तर त्यस्तो लेख्नेहरुलाइ के थाहा स्वयम रमेश खरेललाइ पनि थाहाछ कि सर्बेन्द्र पैसा बुझाएर आइजीपी भएका हैनन भन्ने l यसो भन्दा सर्वेन्द्र खनालको तावेदारी गरको भन्नेहरु पनि प्रकट हुन सक्लान तर त्यस्तो हैन यस्तो दावी गर्नुको पछाडी सर्बेन्द्र खनालको गर्विलो विगत मात्रै आधार हो l यद्धपि कसैलाइ त्यस्तो लागेछ भने पनि भने हुन्छ , लेखे हुन्छ ,  म वहाँहरुलाइ शुभकामना दिँदै सर्वेन्द्र खनाल योग्यता, क्षमताको आधारमा नभएर पैसा खुवाएर आइजीपी भएको प्रमाणित गर्न चुनौती नै दिन चाहन्छु र त्यसो भएमा सार्वजनिक रुपमा आत्माआलोचना गर्दै माफी माग्न तयार रहेको जानकारी गराउन चाहन्छु l