काठमाडौं, साउन ६ गते । विहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ हिमालकाे आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्‍याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ । 

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुट्नु भएको थियो । यो सपना उहाँले पुरा गर्नुभएको छ । यसै वर्षमात्र उहाँले मकालु र कञ्चनजंग हिमालको पनि दोहोर्‍याएर आरोहण गर्नुभएको थियो । 

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चोयूको आरोहण गर्नुभएको थियो । त्यसपछि प्रत्येक वर्ष उहाँको जीवन हिमालमै वित्यो । आठ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहेपनि नेपालका आठ वटालाई मात्र इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर नेपाल सरकारको तथ्याङकमा भने १४ वटानै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर उहाँले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर उहाँ आरोहण गर्दै आउनुभएको छ । 

सालिन र शान्त स्वभावको सानु शेर्पा आफुले विश्वमै पहिलो कीर्तिमान राख्न सफल भएपनि चर्चा बटुल्ने प्रसाय भने पटक्कै गरेनन् । उहाँ भन्नुहुन्छ, मिडियाबाजी गरेर हुने केही होइन, आफ्नो क्षमता र दक्षताको सम्मान आफुले पाउनेमा म विश्वास्त छु । कीर्तिमानका लागि वास्तविक आरोही भन्दा पनि चर्चामात्र बटुल्ने नवआगन्तुक आरोहीहरुले हिमाललाई वदनाम गर्ने गरेको भन्दै यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने उहाँले सुझाव छ । 

नेपालमा सानु शेर्पा सहित पाँचजानले मात्र यी अग्ला हिमालको एक पटक आरोहण गरेका छन् । तर १४ हिमाललाई दोहोर्‍याएर आरोहण गर्नेमा उहाँ पहिलो मानिस हुनुभएपछि नेपालको साहसिक पर्यटन क्षेत्रमा थप प्रवद्धर्न हुने विश्वास पर्यटन व्यवसायीहरुले राखेका छन् । विश्वजगतले सानुको साहसलाई नियालेको छ, पर्वतीय पर्यटन र साहसिक पर्यटन प्रवद्धर्नमा उहाँले नेपालले सम्मान सहित प्रयोग गर्नसक्नु पर्ने नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, हिमालसँग सन् १९५३ देखि मानव सम्बन्ध जोडिएपनि पाइएपनि त्यसयता देखिको ठुलो उपलब्ध सानु शेर्पा पहिलो हो यो विदेशी आरोहीले तोड्ने सम्भावना पनि न्युन छ । 

शेर्पाहरु हिमाल चढ्ने गरेपनि सानु शेर्पाको जस्तो आरोहण गर्ने कमै मात्रामा रहेका छन् । हालसम्म उहाँले आठ हजार मिटरभन्दा अग्ला हिमालहरु ३५ पटक आरोहण गरिसक्नु भएको छ । यी मध्य सगरमाथाको सात पटक आरोहण गर्नुभयो । अन्य कीर्तिमानी आरोहीहरुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने कामीरिता शोर्प, महिलामा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलामा संखुवासभाकी लाक्पा शेर्पा लगायत रहेका छन् । 

उहाँले अग्ला हिमाल आरोहण गरेको वर्ष :

अग्ला  हिमाल            आरोहण गरेको वर्ष :

अन्नपूर्ण                        २०१६, २०२१

ब्रोड पीक                     २०१४, २०१७

चोयू                           २००६, २००८

धौलागिरी                   २०१९, २०२१

सगरमाथा                   २००७, २००८, २००९, २०१२, २०१३, २०१६, २०१७

गोसेर्व्रुम २                  २०१९, २०२२

गोसेर्व्रुम १                  २०१३, २०१९

केटु                           २०१२, २०२१

कञ्चनजंग                  २०१४, २०२२

ल्होत्से                       २००८, २०२१

मकालु                        २०१९, २०२२

मनस्लु                        २०१०, २०११, २०१६

नागा पर्वत                    २०१७, २०१८, २०२२

सिंसापाङ्मा                     २००६, २०११