मदन आश्रित आदर्श आधारभुत विद्यालयमा विद्यार्थीको अभिभावकत्व लिने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। साँस्कृतिक कार्यक्रम सहित राखिएको कार्यक्रममा दाताहरु र अभिभावकत्व लिनेहरुलाई सम्मान पनि गरिएको थियो। साविक विष्णु गा.वि.सका उपाध्यक्ष मानदास श्रेष्ठले सबै भन्दा धेरै सहयोग गर्नु भएको थियो। विद्यालयका प्रत्येक विद्यार्थीको लागी ड्रेस, जुत्ता, कापि कलम लगायतको सहयोग प्रदान गरिएको थियो। त्यस्तै  जेभी फाउन्डेसनले पनि ज्याकेटको सहयोग गरेको थियो।  उक्त कार्यक्रममा रामशरण भण्डारीले ५० जोर ड्रेस सहयोग गर्नु भयो ।

हिजोको २० जनाले बालबालिकाको अभिभावकत्व लिएका छन्। २० जना विद्यार्थी बराबरको करिब २ लाख सहयोग विद्यालयले पाएको छ। कार्यक्रम निकै अर्थपुर्ण र सफल भएको प्रतिक्रिया प्र.अ राजाराम भण्डारीले दिनुभएको छ। 

टेलिसिरियल मेरी बास्सैको कलाकाल टिम नै विद्यालयमा उपश्थित हुनुले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।यस्तै, नेपाली माईकल ज्याक्सन रेवोन सापकोटाको बेजोड प्रस्तुतीका साथै  विद्यालयलाई अगाडी बढाउनको लागि सधै सहयोग गर्ने बचन पनि दिनु भएको थियो।

 

कार्यक्रममा  जेभी फाउन्डेसनका प्रमुख प्रा.डा.जगदीश वैद्य,  वरिष्ठ कलाकार हरिवंश आचार्य, नगर प्रमुख उद्धव खरेल, वडा ४ का अध्यक्ष राजु खड्का, वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत स्थानीय समाजसेवि,  दाताहरु, अभिभावकहरुको उपश्थिति रहेको थियो।