बूढानीलकण्ठ नगरपालिाकामा राष्ट्रिय परिचयपत्रको लागि आजबाट विवरण संकलन गर्न सुरु भएको छ । नगरपालिकाका स्थायी बासिन्दा तथा तत्काल विद्युतिय राहदानी बनाउन आवश्यक भएका नागरिकहरुले आवश्यक कागजातको साथ अहिलेको अवस्थालाई मध्यनजर गर्दै उच्च स्वास्थ्य मापदण्ड पालना गरि आफ्नो उपस्थिति जनाई विवरण पेश गराउनका लागि सबैमा नगरप्रमुख उद्धव प्रसाद खरेलले अनुरोध गर्नुभएको छ ।

कोभिड-१९ को वर्तमान अवस्थाका कारण दिनमा २० जनाको मात्र विवरण संकलन गर्ने नगरपालिकाले जानकारी गराएको छ । दैनिक २० जना व्यक्तिहरुको मात्र विवरण दर्ता गर्ने कार्यमा सहजताको लागि नगरपालिकाबाट टोकन प्रणाली लागु गरिएको छ। नगरपालिकाको कार्यालयबाट टोकन लिईसकेपछि मात्र दरखास्त फाराम उपलब्ध गराइने नगरपालिकाले सुचना मार्फत जानकारी गराएको हो ।

टोकन वितरण कार्य दैनिक रुपमा बिहान ९:३० बजेदेखि सुरु हुन्छ ।

थप जानकारीः

  • मितिः २०७८ माघ ०९ गते देखि
  • समयः सार्वजनिक बिदाको दिनबाहेक कार्यालय खुल्ने दिन कार्यालय समय भित्र ।
  • स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तिगौँडा, काठमाडौँ।

विवरण प्रविष्ट गर्न आउँदा निम्न कागजातहरु साथमा लिएर आउनुहुन अनुरोध छः

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र
  • बसाइँ सराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र
  • बाबुआमाको सक्कल नागरिकताको (प्रमाणपत्र उपलब्ध भएसम्म)
  • विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल