बूढानीलकण्ठ नगरपालिकाभित्र अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरुले शैक्षिक सत्र २०७९ मा कक्षा थप गर्न तथा विद्यालय तह थप (कक्षा १ र ९ बाहेक) गर्नका लागि महत्वपूर्ण सूचना प्रकाशित भएको छ।

नगरपालिकाद्वारा तोकिएका तपसिल बमोजिमका कागजात सहित २०७८ माघ मसान्त भित्र नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखामा तोकिएको ढाँचामा निवेदन पेश गर्न सम्बन्धित सबैको जानकारी उक्त सूचना मार्फत प्रदान गरिएको छ। 

फाराम बूढानीलकण्ठ नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np बाट डाउनलोड गर्न वा बूढानीलकण्ठ नगरपालिका शिक्षायुवा तथा खेलकुद महाशाखाबाट प्राप्त गर्न सकिने छ।

तपशिल

१. शैक्षिक गुठीको विधान तथा नियमावलीको प्रमाणित प्रतिलिपी (प्र. प. निस्सा सहित) ।

२. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा १० वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामा पत्रको प्रमाणित प्रतिलिपी ( आफ्नो घर भए जग्गाको लालपुर्जाको प्रमाणित प्रतिलिपी ।

३. प्रस्तावित विद्यालयको क्षेत्रको शैक्षिक नक्सा (निवेदन फाराम पेज नं ३ को अन्तिम बुँदामा संलग्न गर्नुपर्ने ।

४. सम्बन्धित बडाको सक्कलै सहमति पत्र ।

५. तल्लो कक्षा वा तहको अनुमति पत्रको प्रमाणित प्रतिलिपी ।

६. विद्यालय संचालनमा लाग्ने खर्च व्यहोनें स्थायी स्रोत खुलेको विद्यालयको सक्कलै पत्र ।

७. विद्यालयले विद्यार्थीसँग लिने कक्षागत शुल्क विवरण ।

८. सम्बन्धित निकायले शुल्क प्रस्ताव समर्थन गरेको पत्रको प्रमाणित प्रतिलिपी ।

९. विद्यालयले पठन पाठन गराउने पाठ्यक्रम विकास केन्द्रद्वारा सूचीकृत पाठ्पुस्तक विवरण ।

१०. छात्रवृत्ति प्रदान गरेको (विव्य स को निर्णय सहितको छात्रवृत्ति पाउने विद्यार्थीको नामनामेसी) विवरण ।

११. शिक्षक नियुक्तिपत्र र निजहरुको नागरिकता, योग्यता तथा अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपी ।

१२. विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रमाणित प्रतिलिपी ।

१३. संस्थापकका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी तथा बायोडाटा १५ आ व २०७७/ ०७८ को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी ।

१४. आयकर दर्ता स्थायी लेखा नं र कर तिरेको प्रमाणको प्रमाणित प्रतिलिपी (तह कक्षा अपग्रेडका लागि मात्र) ।

१६ शिक्षा नियमावली २०५९ संशोधन समेत को अनुसूची ३ मा उल्लेखित पूर्वाधार पूरा भएको पुष्टि हुने कागजपत्रहरु ।

१७. विद्यालयको कक्षा थप सम्बन्धमा गरिएको वि व्य स को निर्णयको प्रमाणित प्रतिलिपी १८ सम्बन्धित नगरपालिकको शिक्षा युवा तथा खेलकुद महाशाखाको शा. अ./ विद्यालय निरीक्षकको निरीक्षण प्रतिवेदन ।

१९. समयमान IEMIS Upload गरेको प्रमाण ।