जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा खाल्डो खनी पानी र माटोले पुरेर सात लाख रुपियाँ बराबरको पटाका लगायतका विष्फोटक पदार्थ नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जिल्ला कार्यालय एवम् मातहतका प्रहरी कार्यालयहरुले चेकजाँचको क्रममा फेला पारेको सात लाख रुपियाँ बराबरको पटाका बुधबार नष्ट गरिएको हो ।
भारतबाट अवैध रुपमा भित्राइएका पटाका, आतिशबाजी र अन्य विष्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिइ प्रहरी अधिकारी, स्थानीय प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

प्रतिकृयाहरु