कोरोना भाईरस परिक्षणको क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ कपन क्षेत्रमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त वडा र अन्य नजिक कपनका वडाहरुमा थप सतर्कता अपनाइएको अवस्था छ। जेष्ठ ४ गतेदेखि उक्त वडा र जेष्ठ ५ को मध्ये राती देखि कपन क्षेत्र सिल गरिने निर्ण गरिएको थियो र हालसम्म सुरक्षाका लागि थप कडाई समेत गरिँदै आएको छ।

मुख्यत वडा १०, ११, र १२ का वडाध्यक्षहरुद्वारा संयुक्त रुपमा जारी गरिएको उक्त आग्रहलाई वडावासीहरुले स्विकार गर्दै नियमको पालना गरिएकोमा वडाले धन्यवाद समेत ज्ञापन गर्नै वडावासीहरुका लागि जानकारी सूचना प्रकाशन गरेको छ। 

त्यस्तै तिनवटा वडाद्वारा गरिएको निर्णय अनुरुप सिल गरिएको अवस्थालाई अलि खुकुलो बनाई आज अर्थात जेष्ठ ९ गतेदेखि सार्वजनिक निर्माण सम्बन्धि कार्यहरु सुचार गर्न र साथमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी, फलफुल, डेरी लगायतका व्यवसायहरु बिहान ५ बजेदेखि १० बजेसम्मका लागि सुचारु गर्न वडाले सूचना प्रकाशित गरेको छ।

यसका साथै उक्त पसलहरु सञ्चालन गरिँदा कम्तिमा एक मिटरको सामाजिक दूरी कायम गर्न र अन्य विभिन्न निर्देशन दिइए अनुरुप नियमको पालना गर्न र गराउनका लागि समेत वडाले आग्रह गरेको छ। यस बाहेतका व्यवसाय जसमा सैलुन, ब्युटिपार्लर, लगायतका पसलहरुमा भने प्रतिबन्द लगाइएको छ।  

यसका साथै बूढानिलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा हिजो सञ्चालन गरेको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, तथा अग्रपङ्कतिमा रहेर कार्य गर्दै आएकाहरुमध्ये तिनैवटा वडाहरुमा एक एक जनामा आर.डि.टी पोजेटिभ देखाएको जानकारी समेत उक्त सूचना मार्फत इप्रदान गरिएको छ। हाल कोरोना भाईरसको संक्रमणको बढ्दो क्रमसँगै यसको त्रास समेत निकै बढिरहेकोमा वडा तथा नगरवासीहरुले अझै थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। अत्यावश्क कार्यबाहेक घरबाट बाहिर ननिस्कन, मर्णिङ्ग र ईभिनिङ्ग वाक लगायतका गतिविधि समेत थप्प गर्न बारम्बार नगरपालिका तथा वडाले अनुरोध गरिरहेको अवस्था रहेको छ।

यद्यपी यस किसिमका कार्यहरु निरन्तर भइरहेको हुँदा आफ्नो र आफू वरपरका व्यक्ति तथा समाजमा निकै ठुलो असर पर्न सक्ने जोखिम हाल रहेको समेत वडाले सूचना मार्फत जानकारी प्रदान गरेको छ।