बूढानीलकण्ठ नगरपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमित सहित नगरपालिकामा कोरोना संक्रमित संख्या ११५५ पुगेको छ। 

आज थपिएका संक्रमितहरु वडा नं ३ बाट चारजना, वडा नं ४ बाट चारजना, ६ बाट एकजना, ७ बाट छजना, ८ बाट दुईजना, ९ बाट एकजना, १० बाट तीनजना, ११ बाट दुईजना, १२ बाट तीनजना रहेका छन्।

संक्रमितहरुको वडागत विवरणः

वडा नं ३ प्रहरी प्रभाग ३१ वर्षिया, ३० वर्षिया, ३६ वर्षिया तीन पुरुष, ३४ वर्षिया एक महिला

वडा नं ४ बुद्ध कोलोनीबाट ३४ वर्षिया एक महिला, पासिकोटबाट ३० वर्षिया, ४४ वर्षिया एक पुरुष, हिमालय कोलोनीबाट ३९ वर्षिया एक पुरुष

वडा नं ६ गणेश चोकबाट ३८ वर्षिया एक पुरुष

वडा नं ७ भेटघाट चोकबाट ३४ वर्षिया एक पुरुष, ११ महिनाको एक बालिका, ६१ वर्षिया एक महिला, हात्तिगौँडाबाट ५१ वर्षिया एक महिला, गोल्फुटारबाट ४६ वर्षिया एक पुरुष

वडा नं ८ भंगालबाट ६५ वर्षिया, उमङ्ग टोलबाट ४० वर्षिया एक पुरुष

वडा नं ९ जोर्नासिसबाट २७ वर्षिया एक पुरुष

वडा नं १० शिवपुरी चोकबाट २९ वर्षिया एक पुरुष, बालुवाखानीबाट १९ वर्षिया एक महिला, कपन अस्पताल नजिकैबाट २८ वर्षिया एक पुरुष

वडा नं ११ सगरमाथा चोकबाट ४४ वर्षिया एक महिला, पैयुँटारबाट ४४ वर्षिया एक पुरुष, सुर्योदय टोल नजिकैबाट ४४ वर्षिया एक पुरुष

वडा नं १२ नारायण चोकबाट ४३ वर्षिया एक महिला, दुर्गा मन्दिरबाट २० वर्षिया एक महिला, ४० वर्षिया एक पुरुष

पछिल्लो २४ घण्टामा कोरोनाबाट मुक्त हुनेको संख्या १९ रहेको छ। ९ महिला र १० पुरुष गरि कुल १९ जना सहित नगरपालिकामा हालसम्म ६९० जना संक्रमणबाट मुक्क भइसकेका छन्। 

हाल नगरपालिकामा कोरोनाको सक्रिय रहेका संक्रमितहरुको संख्या ४५९ रहेका छन् जसमध्ये ४०३ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५६ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्।