हुुम्ला, जेठ १ गते । मतदान कार्य भएको तीन दिनपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीबाट मतपेटिका ढुवानी गर्ने कार्य भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका ढुवानी गर्ने कार्य भएको हो । 

बराह दल गुल्म रानी बनका गुल्मपति गणेश खड्काले लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट गाउँपालिका केन्द्र याल्वाङमा ढुवानी गर्ने कार्य भएको बताउनुुभयो । नारा र न्यालु लेकमा हिउ जमेको कारण लिमीका मतपेटिका कर्मचारी हिड्न नसक्ने भएको कारण उतै रोकिएका थिए । उहाँले हिमपातको समस्याका कारण निर्वाचन आयोगले लिमीका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने कार्य गरेको बताउनुुभयो ।

हेलिकोप्टरबाट मतपेटिकाका साथै निर्वाचनमा खटिनुु भएका कर्मचारीहरु समेत ल्याईएको छ । हेलिकोप्टबा एक उडान भर्ने कार्यक्रम रहेको भएपनि लिमीमा निर्वाचनमा खटिनुु भएका कर्मचारीको पिडा देखेर सेनाको हेलिकोप्टरले थप उडान भरेर कर्मचारी समेत ओसारेको थियो ।

मतपेटिका हेलिकोप्टरबाट ढुवानी भएपछि नाँम्खा गाउँपालिकामा रोकिएको मतगणना कार्य सुुरु हुने भएको छ । अन्यत्र सबै मतदान केन्द्रका मतपेटिका गाउँपालिका केन्द्रमा पुुगेको भएपनि लिमीका नआएको कारण मतगणना कार्य रोकिएको थियो । नाम्खाको मतगणना कार्य आईतबार दिउसोबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबिच निर्वाचनको सुरक्षालाई लक्षित गरि लिमीको हल्जी गाउँमा स्थापना गरिएको सेक्सन अप्रेटिङ वेश पनि फिर्ता भएको छ । बेसले आफ्नो लक्ष्य पुुरा गरेपछि आईतबारै हेलिकोप्टबाट सदरमुकाम सिमकोट फिर्ता भएको हो ।