शैक्षिक सत्र २०७९ को लागि बूढानीलकण्ठ नगरपालिकामा माध्यमिक तह स्तरीय कविता प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बूढानीलकण्ठ शिक्षा तथा युवा महाशाखाले निर्माण गरेको शैक्षिक कार्यपात्रो २०७९ अनुसार जेष्ठ २७ गते माध्यमिक तह स्तरीय कविता प्रतियोगिता आयोजना हुन लागेको हो ।

कविता वाचन ‘मेरो लक्ष्य’ शीर्षकमा १५० शब्द देखि २०० शब्दसम्मको हुनुपर्नेछ ।

यस प्रतियोगितामा कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट एकवटा कविता छनोट गरी विद्यालयको आधिकारिक पोशाक र पत्र साथ सहभागी गराईदिनु हुन सबै माध्यमिक विद्यालयहरुलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका वडा नं ०८ स्थित महाँकाल जनजागृत मा.वि. मा सञ्चालन हुने छ ।

प्रथम लाई रु ३०००, दोस्रोलाई २०००, तेस्रो लाई १५०० र सान्त्वना १ जनालाई १००० रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।