पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको  ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।

तनहुँको म्यादे गाउँपालिका– ६ मनपाङ बस्ने वर्ष ४७ को रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।  

बिहीबार विहान ४:३० बजे उक्त टिप्पर खसेपछि गम्भीर घाइते भएकोमा उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगेकोमा बिहीबार विहान ०६ः१० बजे मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।