नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले वर्तमान सरकार ढाल्ने ध्येयकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गृहमन्त्री माथि प्रहार गरिरहेको बताउनु भएको छ। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गृहमन्त्रीमाथि काँग्रेसको आक्रमण वर्तमान सरकार ढाल्ने ध्येयका साथ गरिएको बताउनु भएको हो ।

काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा प्रस्तुत भइरहेको उहाँको भनाइ छ ।

”रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा जसरी प्रश्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ’ बर्तोलाले भन्नुभयो ।

कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन नस्कने भन्दै उहाँले कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले उन्मुक्ति नपाउने बताउनु भयो । “अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अङ्ग प्रभावित हुन्छ भन्ने सोच्नुहुँदैन ।